२४ अगस्तः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा एमएमएफसी निरपानियाँले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। सिमुलबारी खेल मैदानमा बुधवार भएको चरम रोमाञ्चक म्याचमा एमएमएफसी निरपानियाँले मानेभञ्ज्यांग फूटबल क्लबलाई सडन डेथमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयमा मानेभञ्ज्यांग एफसीबाट म्याक्सवेलले ३०औं र प्रीतम सुब्बाले ४४औं मिनटमा गोल गरे। यसरी नै एमएमएफसी निरपानियाँबाट मार्टिन्सले ३३औं र बियिक एण्ड्रोले ४२औं मिनटमा गोल गरे। अब बिहीवार खेलिने म्याचमा नर्थ बेंगल आर्म्ड पुलिस र सोनापुर (उत्तर दिनाजपुर)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल १४ सेप्टेम्बरमा हुनेछ। एमएमएफसी निरपानियाँका बियिक एण्ड्रोलाई प्लेयर अव् द म्याच चयन गरियो।