बेगाईगाउँ: एकातिर राज्यभरि नै दुर्गा पूजाको उत्सव छाएको छ भने अर्कोतिर राज्यबाट लगातार एकपछि अर्को छोरा-छोरीहरूले आफ्ना आमा-बुवाको हत्या गरेका समाचारहरू प्रकाशमा आइरहेका छन्।नवरात्रिको अवसरमा राज्यमा अहिलेसम्ममा तीनजना आमाहरूको हत्या छोराहरूले गरिसकेका छन्।यस्तै एउटा हृदयविदारक खबर बंगाई गाउँ जिल्लाबाट आएको छ जहाँ एकजना युवकले आफ्नै आमाको हत्या गरिदियो। पुलिसले आज बतायो, युवकले गए राती धारिलो हतियारले आफ्नै आमामाथि प्रहार गऱ्यो।यो घटना बंगाईगाउँ शहरको वार्ड नम्बर-२१ मा भएको हो। प्रणव सूत्रधर (२२) नामक आरोपीले आफ्नी आमा मेनका सूत्रधर (४५)-को मासु काट्ने हतियारले गला रेटिदियो जसमा मेनकाको घटनास्थलमै मृत्यु भयो। पेशाले मासु व्यापारी युवकले पारिवारिक कलहको कारणले आफ्नी आमाको हत्या गरेको बताइन्छ।आमाको हत्या गरेपछि आरोपीले हतियारसितै बंगाई गाउँ थानामा आत्मसमर्पण गऱ्यो। पुलिस यस मामिलाको जाँचमा जुटेको छ साथै लाशलाई पोस्टमार्टम गर्न पठाइदिएको छ।











