गुवाहाटी: असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले दुर्गा पूजाको अवसरमा असमका मानिसहरूलाई बधाई अनि शुभकामना दिएका छन्।
आज यहाँ मानिसहरूलाई दिइएको सन्देशमा राज्यपालले भने, दुर्गा पूजा नकारात्मकतामाथि सकारात्मकताको जीतको शाश्वत सार हो।
यसले आशा र उज्जवल भविष्को मार्गमा प्रशस्त गर्दछ। मलाई आशा छ, जुन भावना बोकेर यो पर्व मनाइन्छ, त्यसले सबै नकारात्मकताविरूद्ध लड़्नको लागि एकताको बन्धन्लाई सशक्त बनाउँछ। यस अवसरमा आउनुहोस् हामी सबै देली दुर्गालाई नमन गरौं अनि सकारात्मकतालाई प्रेरित गर्न र नकारात्मकतादेखि टाड़ा बस्ने वातावरण बनाउने संकल्प गरौं।यस अतिरिक्त राज्यपालले भक्तहरूसित पर्यावरण अनुकूल तिहार मनाउने अनुरोध गर्दै आशा व्यक्त गरे, देवी दुर्गाले सबैलाई धर्मको मार्गमा लैजानेछन् अनि सबैलाई खुशी र समृद्धिको आशीर्वाद दिनेछन्।










