२० रुपैयाँको भिण्डीलाई पर्छ १०० रुपैयाँ

IMG-20241009-WA0281

विराटनगर: एक महिनाअघि २० रुपैयाँ प्रतिकिलो पाइने भिण्डीलाई अहिले एक सय रुपैयाँ पर्छ। ४० रुपैयाँ प्रतिकिलो पर्ने टमाटरको बजार मूल्य पछिल्लो समय १५० रुपैयाँ पर्छ। भिण्डी र टमाटर मात्र होइन, अन्य सबै तरकारीको मूल्य अकासिएको छ। से प्टेम्बर दोस्रो साता परेको झरीका कारण मुल्य बढेको हो।
लगातार परेको पानीका कारण स्थानीय तरकारी खेतमै डुबेर कुहिएको छ भने बाढी पहिरोका कारण पहाडबाट आउने तरकारीमा पनि घटेको छ, जसकारण विराटनगर लगायत आसपासका तरकारीको मूल्य छोइसक्नु छैन।
बजारमा ४० रुपैयाँ पर्ने आलु १ सय, ५० रुपैयाँ केजी पर्ने प्याज अहिले १ सय ५०, ४० रुपैयाँ पर्ने गोलभेडा १ सय ५०, ६० रुपैयाँ पर्ने पर्वल १ सय ५०, ३० रुपैयाँ पर्ने घिरौला ७०, ६० रुपैयाँ पर्ने फूलकोबी २ सयदेखि २ सय ५०, ५० रुपैयाँ प्रतिकिलो पर्ने साग अहिले डेढ सय देखि २ सय रुपैयाँ पुगेको छ।
एक महिना अगाडि प्रतिकिलो ५० रुपैयाँ पर्ने बोडी अहिले एक सय रुपैयाँ पुगेको छ। एक महिना अघि ८० रुपैयाँ केजी पर्ने घ्यू शिवी अहिले डेढसय देखि दुईसय रुपैयाँ पुगेको छ। एक महिना अगाडि ३० रुपैयाँ केजी पर्ने भन्टा अहिले १ सय, ३० रुपैयाँ केजी पर्ने तिते करेला अहिले १ सय रुपैयाँ, ४० रुपैयाँ पर्ने काक्रा अहिले १ सयदेखि डेढ रुपैयाँ पुगेको छ। पहिले किलोमा किन्ने उपभोक्ता तरकारीको मूल्य आकासिएपछि अहिले पाउ किनेर चित बुझाउन बाध्य छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement