काठमांडू: बालेन शाहको आक्रोशः”देश चलेको त यस्तै समितिबाट पो रहेछ”
“नाजायज सम्बन्धबाट सम्झौता गरि गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितिले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैया तिरेर हड्पेको जग्गा अदालतले दाबी पुग्दैन भनेर पशुपती बिकास कोषलाई नै जिम्मा दिन्छ, अनि कोषले महानगरलाई धर्मशाला तथा असक्तहरुलाइ निशुल्क खाना र औषधी उपचार गर्न भनेर दिएको कुरा अहिलेलाई समरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितिको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समितिबाट पो रहेछ ।अनि हामी चाहिँ प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौ।”











