कोशी टप्पुका अर्नासँगै बन्यजन्तु बाढीमा बगेर भारतका गाँउमा पसेपछि भारतिय आतंकितदुईजना भारतीयको मृत्युपछि चार अर्नाको हत्या

IMG-20241009-WA0278

सुनसरी(इटहरी): सप्तकोशी नदीमा आएको भिषण बाढीले कोशी टप्पु बन्यजन्तु आरक्षमा संरक्षित गरिएका बन्यजन्तु भारतीय भुमिमा बगेर गएपछि सुनसरीको सीमापारी रहेको भारतिय भुमिमा आतंक मच्चिएको छ।
सुनसरीसँग सीमा जोडिएको भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको भिमनगर पञ्चायत, भगवानपुर पञ्चायत, रानिगञ्ज पञ्चायत, कटैया पावर हाउस, पुर्नबास क्षेत्रसहितका गाउँ वस्तीमा बन्यजन्तुको आतंक नियन्त्रण गर्न भारत सरकारले बन विभागको टोलीसहित सुरक्षाकर्मी परिचालन गरेको छ।
भारतीय नागरिकहरु गाउँमा वन्यजन्तु पसेपछि घरभित्र र छत माथी बसेर ज्यान जोगाउँदै आएका छन्।
उक्त क्षेत्रमा असुरक्षा बढदै गएपछि भारतीय नागरिकले आन्दोलन स्वरुप सडकमा यातायात आवतजावतमा रोक लगाउँदै ठाउँ ठाउँमा बिरोध कार्यक्रम गरि सुरक्षा माग गर्दै आएका छन्।
भारतीय नागरिक वन्यजन्तुबाट आक्रमणको शिकार भई ज्यान गुमाउनुका साथै दर्जन बढी घाइते भएपछि भारतीय पक्षले विभिन्न निकायका भारतीय सुरक्षाकर्मीलाई परिचालन गरेपछि स्थानीयवासीहरुलाई बन्यजन्तु नियन्त्रणमा नलिएसम्म घरबाट ननिस्किन र खेतबारीमा काम गर्न नजान माइकिङ गरेर सचेत गरिएको छ।
कोशी प्रदेशसहित अन्य प्रदेशमा सेप्टेम्बर २६देखि २८सम्म परेको अविरल वर्षासँगै सप्तकोशी नदीमा आएको भिषण बाढीले कोशी टप्पु वन्यजन्तु आरक्षबाट बन्यजन्तु बगाएर भारततर्फ पु¥याएको हो।
भारतमा पुगेका आरक्षका बन्यजन्तु मध्ये बबुल जातिको अर्नाले दुई जना भारतीय नागरिकलाई आक्रमण गर्दा उनीहरुको मृत्यु भएपछि बिहार राज्यको सुपौल जिल्ला अन्र्तगतका विभिन्न पञ्चायतमा बसोबास गर्ने भारतीय नागरिक आतंकित बनेका हुन। अर्नाको आक्रमणबाट स्थानीय २२ बर्षिय मुकेश यादव र नारायण यादवको मृत्यू भएको हो।
भारतीय संचारमाध्यमहरुले नेपालको कोशी नदीमा रहेको आरक्ष क्षेत्रसहित बाढीमा बगेर आएका अर्नासहितका बन्यजन्तुले गाउँ पसेर मानिसलाई आक्रमण गरि ज्यान मार्ने र घाइते बनाउन थालेपछि आतंक मच्चिएको जनाएका छन्।
भारतीय पत्रकार राजिवकुमारका अनुसार सप्तकोशी नदीमा बगेर गएका कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेका अर्नाहरु हाल सु्पौल जिल्लाको बसन्तपुर, भगवानपुर र रानिगञ्ज क्षेत्रमा झुण्ड झुण्डमा स्थानीयको बाँसघारी, बगैचा र खेतीपातीमा शरण लिएर बस्दै आएका छन्। स्थानीय भारतीय नागरिक जय किसनले खेतवारी र गाउँमा पसेर मानिसलाई आक्रमण गर्ने चार वटा अर्नालाई सुरक्षाकर्मीको सहयोगमा मारिएको जनाएका छन्।
भारतीय संचारमाध्यमले अर्ना मारेपछि स्थानीयले मरेको अर्नालाई कुटपिट गरेको भिडियो फुटेजहरु सार्वजनिक गरेका छन।
सप्तकोशी नदीमा आरक्षसहितका क्षेत्रबाट बगेर भारतीय क्षेत्रमा पुगेका अर्नासहित बँदेल, हरिण मृग, निलगाई, बाँदर, अजिङगर कोशी नदी किनार तथा गाउँका खेतबारीमा बसिरहेकाले हिंस्रक वन्यजन्तुको नियन्त्रण गर्न प्रयास थालिएको बताइन्छ।
कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रमेशकुमार यादवले भारतीय पक्षसँग अनौपचारिक रुपमा भद्र सहमति गरेर अर्ना फर्काएर ल्याउने पहल थालिएको बताए।
आरक्षका संरक्षण अधिकृतले बाढीमा बगेर गएका वन्यजन्तु मध्ये अर्ना सुधेर आफ्नो बासस्थान रहेको क्षेत्रमा पुनः आउने जन्तु भएकाले केही समयपछि फर्केर आउने सम्भावना रहेको बताए।
भारतमा रहेका आरक्षका बन्यजन्तुको अवस्था बुझनका लागि आरक्षका केही कर्मचारीसहित सुरक्षाकर्मीले अनौपचारिक रुपमा भारतीय भुमि पुगेर फर्किएर आएको आरक्ष प्रशासनले जनाएको छ।
यसैगरि कोशी ब्यारेज पुलको पूर्व सुनसरीको भुभाग र पश्चिम सप्तरीको भुभागमा रहेका अर्नासहितका केही वन्यजन्तु आरक्षको टोली सुरक्षित रुपमा फर्काएर आरक्ष क्षेत्रसम्म पु¥याएका छन।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बन्यजन्तुहरु बाढीले बगाएर केही बासस्थान विथोलिएपछि भारतीय क्षेत्रमा प्रवेश गरेको अनौपचारिक जानकारी भएपनि बन्य जन्तु फर्काउने विषयमा आफूहरुसँग त्यस्तो प्रयास गर्ने विधी नभएको बताए। उनले भारतबाट प्रवेश गरेका हात्ती फर्काउन भारतले कुनै पहल नगरेको उदाहरण दिदै भारत पसेका अर्ना फर्काउने विषयमा आफूहरु अनभिज्ञ रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement