जुम्ल्याह दाजु बहिनीको राष्ट्रिय झण्डा ओडाएर सम्मान

IMG-20241009-WA0209

काठमांडू: दीपेश र दीपिका भट्टराई दुई जना जुम्ल्याहा दाजु-बहिनी जाे बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत थिए। पढाइमा अब्बल रहेका उनीहरु बिद्यालयमा सधै उत्कृष्ट नतिजा सहित उतिर्ण हुन्थे। उनिहरुलाई ३२ राष्ट्रका विद्यार्थीहरु सहभागी रहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन बंगलादेश पुग्नुपर्ने थियो। कार्यक्रममा सहभागी हुन उनीहरु माइक्रो बसमा चढेर गत शुक्रबार आमा सहित काठमांडूमा हुने पहिलो चरणकाे नेसनल एस्ट्राेनाेमी ओलिम्पिया प्रतियोगितामा भाग लिन काठमांडू जाँदै थिए। तर गाडी काठमांडू नपुग्दै धादिङको झ्याप्ले खोलाकाे दु:खद पहिरोमा पुरियो र गाडी संगै जुम्ल्याहा दाजु-बहिनि र आमा पनि अस्ताए।
आज जुम्ल्याह दाजु -बहिनीको राष्ट्रिय झण्डा ओडाएर सम्मान सहित दाहसंस्कार गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement