पूर्ब राजा ब्दारा दशैको अबसरमा नेपाली जनताको नाममा सन्देश बक्स

IMG-20241009-WA0236

भद्रपुर: दशैंको शुभकामना दिँदै पूर्वराजाले भनेः ‘नेपाल अहिले अत्यन्तै असहज अवस्थामा छ। खुसी हुन र रमाउन दशैं नै पर्खनु पर्ने नियतिबाट मुक्ति पाएर वर्षभरि नै नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पुरा हुन नसक्दा दुःख लागेको छ, स्वदेशमै हर्षका साथ रहने नेपाली जनताको आकांक्षा पूरा नहुँदा हाम्रो बेचैनी बढेको छ, देश एकदमै असहज अवस्थामा छ र हाम्रा गाउँसहर युवा शक्ति विहिन बन्दै गइरहेको छ, रोजगारीको निम्ति विदेशिनु पर्ने बाध्यताले हाम्रा खेतबारी मात्र बाँझो होइन बाबुआमाको मन पनि काँडाले बिझेको छ, यो ठाउँ अरुको खेल मैदान नबनोस् र नेपाल शान्त राष्ट्रको रुपमा देशभर परिचित रहोस्, नवदुर्गा भवानीले हामी सबैलाई सत्कर्मका निम्ति प्रेरणा प्रदान गरुन्। निरन्तरताको परनिर्भरता र ऋणको भारले थिचिएको छ। गाउँहरू युवा शक्ति विहीन बन्दै गइरहेका छन्। युवा शक्तिले कमाउने र रमाउने वातावरण बन्न सकेको छैन। युवालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न‍े विकल्प प्रस्तुत गर्न नसक्नुको परिणाम आज मुलुकले कहालीलाग्दो अवस्था भोग्दैछ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement