जलपाईगढी: महाषष्ठीमा बुधबार बिहान विभिन्न पूजा पण्डलहरूमा माँ दुर्गाको विशेष पूजा शुरु भयो। जलपाईगढीमा आज बिहान विभिन्न पूजा मण्डपमा बंगाली संस्कृति अनुसार घण्टीको आवाजमा पुजारीद्वारा देवी सर्वभूतेषु मन्त्रको जप गरी महाषष्ठीको पूजा आरम्भ भएको छ। जलपाईगढी शिल्पी समिति पाडा दुर्गाबारी कम्प्लेक्समा आज महाषष्ठीका दिन माँ दुर्गाको विशेष पूजा भइरहेको छ।










