जलपाईगढी: मोहितनगर नेताजी क्लब र पथागरको दुर्गा पूजा मंगलबार साँझ धेरै धूमधामका साथ उद्घाटन गरियो। उद्घाटन समारोहमा खाँचोमा परेकाहरुलाई कपडा वितरण गरिए। सो अवसरमा मोहितनगर गर्ल्स हाई स्कूलका प्रधानाध्यापक कोहली रोय बर्मन, रानीनगर केन्द्रीय ब्यांकका प्रबन्धक उपेन्द्र कुमार भगत, अरविन्द ग्राम पञ्चायत सदस्य शम्पा सरकार, अरविन्द ग्राम पञ्चायत सदस्य तथा क्लब सेक्रेटरी सञ्जित कर्माकर, क्लबका अध्यक्ष ज्योतिष चन्द्र चन्द लगायत क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो। यस वर्ष पुजाको थीम ग्लोबल वार्मिङ रहेको छ।










