भारतविरुद्ध पहिलो टेस्ट म्याचबाट केन विलियम्सन बाहिर

IMG-20241009-WA0210

नयाँ दिल्ली: न्यूजील्याण्डका स्टार ब्याटर केन विलियम्सन भारतविरुद्ध बेंगलुरुमा खेलिने पहिलो क्रिकेट टेस्ट म्याचबाट बाहिर रहनेछन्। विलियम्सनलाई हालै श्रीलंकाविरुद्ध टेस्ट सीरीजको अवधि कम्मरमा चोट लागेको थियो अनि उनको चोट निको भएको छैन। भारतविरुद्ध सीरीजको पहिलो म्याचमा ३४ वर्षीय विलियम्सनको अनुपस्थिति न्यूजील्याण्डको निम्ति ठूलो धक्का हुनेछ। विलियम्सनलाई गालमा श्रीलंकाविरुद्ध दोस्रो टेस्ट म्याचको अवधि कम्मरमा पीढ़ा भएको थियो। यसैकारण उनले भारत आउन अघि घरमा पुनर्वासको अवधि बढ़ाउनु पऱ्यो। न्यूजील्याण्डले भारत यात्राको निम्ति मार्क चापम्यानलाई टीममा सामेल गरेको छ। श्रीलंकाविरुद्ध टेस्ट सीरीजमा २-०-ले हारपछि टिम साउदीले कप्तानी छोड़ेका छन्। यसैकारण न्यूजील्याण्डले भारतविरुद्ध ३ वटा टेस्ट म्याचको सीरीजमा टम लाथमको कप्तानीमा खेल्नेछ। न्यूजील्याण्डका चयनकर्ता सेम वेल्सले विलियम्सन भारत यात्राको अन्तिम चरणमा उपलब्ध रहने आशा व्यक्त गरेका छन्।
वेल्सले भने, केनलाई चोट अझ बढ़्ने जोखिमबाट बाँच्न घरमै आराम अनि पुनर्वासको प्रक्रिया पूरा गर्ने परामर्श दिइएको छ। त्यसै पनि हामी उनलाई लिएर कुनै जोखिम उठाउन चाहदैनौ। पुनर्वासको प्रक्रिया सोचे जस्तो रहे उनी भारत यात्राको अन्तिम चरणमा उपलब्ध रहने आशा गरेका छौं। यात्राको शुरुवातमा हामीलाई उनको कमी निश्चित रूपले अनुभव हुनेछ। यसरी केनको अनुपस्थिति अन्य खेलाड़ीहरूका निम्ति प्रभाव छोड़्ने मौका साबित हुनेछ। उल्लेखनीय छ, केन विलियम्सनले अहिलेसम्म १०२ वटा टेस्ट म्याचको १८० वटा ईनिंग्समा ५४.४८-को औसतले ८८८१ रन बनाएका छन्। उनले २०१०-मा भारतविरुद्ध नै टेस्ट पदार्पण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement