भद्रपुर: विराटनगरको बरगाछी चोकदेखि उत्तर खण्डको डिभाइडरमा कार ठोक्किएको छ।
मंगलबार राति करिब साढे ९ बजे उत्तरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२९ च ४८४३ नम्बरको कार सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार चालक सुनसरी इटहरी उपमहानगरपालिका– ६ का ६८ वर्षीय राजेश श्रेष्ठ, कारमा सवार सो स्थानकी ४० वर्षीया तारा श्रेष्ठ ६८ वर्षीया रमला श्रेष्ठ र १६ वर्षीय जनक बस्नेत सामान्य घाइते भएका छन्।
घाइतेलाई उपचारका लागि विराट नर्सिङ होम भर्ना गरिएको छ। दुर्घटनामा कारको अगाडिका भागमा क्षति पुगेको छ। कार तिव्र गतिमा भएका कारण दुर्घटना भएको देखिएको प्रहरीले बताएको छ।









