लागूऔषध कारोबारी खोज्न पुगेको प्रहरीले भेट्यो नक्कली नोट

IMG-20241009-WA0098

भद्रपुर: सुनसरीमा प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ।
सुनसरी हरिनगर गाउँपालिका– ७ का हजरुल खातुनको घरमा प्रहरीले ५० हजार नक्कली नोट फेला पारेको हो। नक्कली नाेट भेटिएपछि प्रहरीले खातुनलाई नियन्त्रणमा लिएको छ ।घरमा लुकाएर राखेकाे अवस्थामा फेला परेका नोटहरू एक हजार दरका ५० वटा छन्।
प्रहरीले खातुनको घरबाट लागूऔषध पनि बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार नक्कली नोटसँगै लागूऔषध नाइट्रोजन ट्याब्लेट बरामद भएको हो। घटना पछि खातुनलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अघि बढाइने प्रहरीले जनाएकाे छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement