भद्रपुर: सुनसरी जिल्लाको इटहरीमा एक महिला घाँटी रेटिएको अवस्थामा फेला परेकी छन्। मंगलबार साँझ ६ः१० बजेतिर इटहरी ५ की एक महिला घाँटी रेटिएको अवस्थामा फेला परेकी हुन्।
घाँटी रेटिएको अवस्थामा फेला परेपछि स्थानीय निलु रसाइली (रायमाझी)लाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो।
तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका छन्। उनी आफ्नै घरको कोठामा चक्कुले घाँटी रेटिएको अवस्थामा फेला परेकी थिइन्। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार ३९ वर्षीया निलुले आफैँले चक्कुले घाँटी रेटेको अवस्थामा फेला परेपछि अस्पताल लगिएको थियो।
चक्कुले घाँटी रेटेर छटपटिरहेको अवस्थामा उनकै छोरीले देखेपछि तत्काल उपचारका लागि लगिएपनि उपचार सम्भव नभएको प्रहरीले जनाएको छ। आफूले आफैँलाई घाँटी रेटेर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेपनि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।









