मालविका बन्सोड़ प्री-क्वार्टर फाइनलमा, सिन्धू बाहिर

IMG-20241009-WA0148

नयाँ दिल्ली: दुईपल्टकी ओलम्पिक पदक विजेता ब्याडमिण्टन खेलाड़ी पीभी सिन्धू फेरि एकपल्ट निराशाजनक प्रदर्शनको साथ आर्कटिक ओपन सुपर ५०० टुर्नामेण्टको पहिलो राउण्डमै बाहिर भइन्। यसबीच भारतकी अन्य एक खेलाड़ी मालविका बन्सोड़ले चाहिँ असल प्रदर्शन गर्दै विश्वकी २३औं नम्बरकी खेलाड़ी चाइनीज ताइपेकी सुंग शुओ युनलाई पराजित गरी महिला एकलको प्री-क्वार्टर फाइनलमा स्थान बनाइन्। पेरिस ओलम्पिकमा निराशाजनक प्रदर्शनपछि यो सिन्धूको पहिलो टुर्नामेण्ट थियो। छैटौं वरीयता प्राप्त सिन्धूलाई कनाडाकी मिशेल ली-ले सजिलैसँग २१-१६, २१-१०-ले पराजित गरिन्। यसरी गत फरवरी महिना अजरबैजान इण्टरनेशनलको खिताब जित्ने बन्सोड़ले चाइनीज ताइपेकी प्रतिद्वन्द्वीविरुद्ध २१-१९, २४-२२-ले रोमाञ्चक जीत हासिल गरिन्। दोस्रो राउण्डमा भारतीय खेलाड़ीको भिड़न्त थाईल्याण्डकी २०१३-की वर्ल्ड च्याम्पियन रतचानोक इन्तोनोन र चीनकी २०२२-की वर्ल्ड च्याम्पियन वांग झी यी-बीच खेलिने म्याचको विजेतासँग हुनेछ। महिला एकलको अन्य एउटा म्याचमा आकर्षी कश्यपले जर्मनीकी वोन्ने ली-लाई २१-१९, २१-१४-ले पराजित गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement