हकी इण्डिया लीगले युवा खेलाड़ीहरूलाई फाइदा हुने सलीमा टेटे-को दावी

IMG-20241009-WA0144

बेंगलुरु: भारतीय महिला हकी टीमकी कप्तान सलीमा टेटेले आउँदो हकी इण्डिया लीग (एचआईएल)-ले युवा खेलाड़ीहरूका करियरलाई आकार दिने अनि राष्ट्रिय टीमको निम्ति मजबूत बेञ्च स्ट्रेन्थ तयार गर्नमा सहायता गर्ने दावी गरिन्। एचआईएल ७ सालको ब्रेकपछि फर्किरहेको छ अनि प्रतियोगिता यस सालको अन्तमा शुरु हुनेछ । नयाँ स्वरूपमा एचआईएल-मा महिलाहरूकी अलग लीग पहिलोपल्ट आयोजन गरिनेछ, जुन पुरुष लीगको साथ-साथ चल्नेछ। यो लीग २८ दिसम्बरदेखि एक फरवरीसम्म दुईवटा आयोजन स्थल राँची (महिला) र राउरकेला (पुरुष)-मा खेलिनेछ। पुरुषहरूका प्रतियोगितामा ८ वटा अनि महिलाहरूकी प्रतियोगितामा ६ वटा टीमले हिस्सा लिनेछ। सलीमाले भनिन्, म एचआईएल- लाई लिएर उत्साहित छु। यो ७ सालपछि पुनः शुरु हुन गइरहेको छ अनि यसपाली महिला लीग पनि हुनेछ। पूरा टीमले गत केही समयदेखि यसबारे चर्चा गरिरहेको छ। यो हाम्रो निम्ति असल अवसर हुनेछ। हामीलाई अलग-अलग देशकी खेलाड़ीहरूसँग भेट गर्ने, उनीहरूसँग अनि उनीहरू विरुद्ध खेलेर आफ्नो कौशललाई बढ़ाउने अवसर प्राप्त हुनेछ। लीगको निम्ति खेलाड़ीहरूका लिलामी १३-देखि १५ अक्टोबरसम्म हुनेछ। प्रत्येक फ्रेञ्चाइजीले २४ जना खेलाड़ीहरूका टीम बनाउनु पर्नेछ, जसमा कम्तीमा १६ जना भारतीय (चारजना जूनियर खेलाड़ी अनिवार्य) र आठजना इण्टरनेशनल खेलाड़ी सामेल हुनेछन्। सलीमाले भनिन्, यस प्रतियोगिताको माध्यमले युवा खेलाड़ीहरूलाई भारतीय र विदेशी खेलाड़ीहरूका साथमा रहेर खेललाई असल तरिकाले बुझ्ने मौका प्राप्त हुनेछ। करियरको शुरुवातमै दबाउको पेशादार माहोलमा खेल्दा उनीहरूका खेल विकसित हुनेछ। समग्रमा यो भारतीय हकीको निम्ति वरदान साबित हुनसक्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement