नयाँ दिल्ली: पहिलो म्याचमा ठूलो जीतले उत्साहित भारतीय क्रिकेट टीम बंग्लादेशविरुद्ध बुधवार यहाँ खेलिने दोस्रो टी२० इण्टरनेशनल म्याचमा आफ्नो वर्चस्व कायम राख्न मैदानमा ओर्लिनेछ। यसरी बंग्लादेशको लक्ष्य जीतको साथ तीनवटा म्याचको सीरीजलाई जीवित राख्नु हुनेछ तर पहिलो म्याचमा सूर्यकुमार यादवको कप्तानीमा रहने भारतीय टीमको प्रदर्शनलाई बिचार्दा पाहुना टीमको निम्ति काम सजिलो चाहिँ हुनेछैन। रिषभ पन्त, अक्षर पटेल, शुभमन गिल, केएल राहुल, यशस्वी जयसवाल र जसप्रीत बुमराह जस्ता प्रमुख खेलाड़ीहरूलाई विश्राम दिइए पनि भारतीय टीमले ग्वालियरमा खेलिएको पहिलो म्याचमा सजिलै जीत हासिल गरी आफ्नो मजबूत बेञ्च स्ट्रेन्थ-को झलक दिएको थियो। भारतीय विकेटकीपर-ब्याटर सञ्जु सेमसनको निम्ति यो अझ एउटा मौका साबित हुनेछ कारण २०१५-मा अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेपछि उनले अहिलेसम्म टीममा स्थान पक्का गर्न सकेका छैनन्। पहिलो टी२० म्याचमा ओपनिंग गर्दै उनले २९ रन बनाएका थिए। सेमसनले सीरीजको रहल म्याचहरूमा पनि त्यही भूमिकामा रहने कप्तान सूर्यकुमारले अगावै स्पष्ट गरिसकेका छन्। उनका साथी ओपनर अभिषेक शर्मा पनि आफ्नो छाप छोड़्न चाहन्छन्। जयसवाल र गिललाई विश्राम दिइएको हुनाले सेमसन र अभिषेकले ओपनिंग गर्ने मौका पाएका छन् अनि यी दुईजना यसको पूरा फाइदा उठाउन चाहन्छन्।
पहिलो म्याचमा एकतर्फी जीत हासिल गर्ने भारतीय टीममा फेरबदलको सम्भावना कम्ती नै रहेको छ। आफ्नो पहिलो इण्टरनेशनल म्याच खेल्ने पेस बलर मयंक यादव र अलराउण्डर नीतिश रेड्डीले ग्वालियरमा प्रभाव छोड़ेका थिए। पेस बलिंगको अगुवाई गर्ने अर्शदीप सिंहले असल प्रदर्शन गरेका थिए जबकि ३ सालपछि टीममा फर्किएर स्पिनर वरुण चक्रवर्तीले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। भारतीय टीममा वाशिंगटन सुन्दर पनि रहेका छन् अनि रविन्द्र जडेजाले टी२० इण्टरनेशनलबाट सन्न्यास लिएपछि उनीसँग स्पिन अलराउण्डरको रूपमा आफ्नो दावेदारीलाई मजबूत गर्ने मौका रहेको छ। यसरी हार्दिक पाण्ड्याबाट टीमलाई अझ एउटा विध्वंशी प्रदर्शनको आशा रहनेछ। यसरी बंग्लादेशको टीम अहिले डू अर डाई-को स्थितिमा रहेको छ कारण दोस्रो टी२० म्याचको हारको अर्थ नै सीरीजमा भारतको जीत हुनेछ। यसैकारण सीरीजलाई जीवित राख्न बंग्लादेशी टीमले सर्वश्रेष्ठ प्रदर्शन गर्नु पर्नेछ। पहिलो टी२० म्याचमा टीमका ब्याटरहरूले हताशाजनक प्रदर्शन गरेका थिए। टीमका कप्तान नजमुल होसेन शान्तोले पनि यस कुरालाई स्वीकार गरिसकेका छन्। यसैकारण बंग्लादेशका ब्याटरहरूले असल शुरुवातलाई ठूलो स्कोरमा परिणत गरेर देखाउनु पर्नेछ। बलिंग विभागमा पनि केही सुधारको आवश्यकता छ अनि बुधवार बंग्लादेशी टीमले भारतलाई कड़ा चुनौती दिने आशा गरिएको छ। म्याच राति ७ बजीदेखि शुरु हुनेछ।








