अमेरिका प्रस्थान गर्नअघि छिरिङ वाङचुक लेप्चालाई एसकेएम युवा प्रकोष्ठले जनायो हार्दिक शुभकामना

FB_IMG_1728412962294

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टी युवा प्रकोष्ठको तत्वावधानमा आज राजधानी गान्तोकमा एक कार्यक्रम आयोजना गरी १५ दिवसीय अमेरिका भ्रमणको निम्ति प्रस्थान गर्न गइरहेका विद्यार्थी प्रकोष्ठका अध्यक्ष छिरिङ वाङचुक लेप्चालाई हार्दिक शुभकामना दिइएको छ।
एसकेएम पार्टीका सेक्रेटरी जेनरल तथा मन्त्री अरूण कुमार उप्रेतीको मुख्य आतिथ्यमा सम्पन्न भएको यस कार्यक्रममा एसकेएम युवा प्रकोष्ठका उपाध्याक्ष प्रभारी तथा विधायक सञ्जित खरेल, एसकेएम पार्टीका प्रवक्ता विकास बस्नेत, राज्य स्तरीय युवा अध्यक्ष लाक्पा मोक्तान, कोषाध्याक्ष प्रविण अग्रवाल, राज्य स्तरीय युवा समन्वयक सहदेव शर्मा, किसान मोर्चा उपाध्याक्ष सोनाम पिन्छो भोटिया, विध्यार्थी प्रकोष्ठका पुर्व अध्यक्ष सोनाम छोपेल शेर्पा, युवा प्रकोष्ठका महासचिव योगेन राई लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सेक्रेटरी जेनरल अरूण कुमार उप्रेतीले विद्यार्थी प्रकोष्ठका अध्यक्ष छिरिङ वाङचुक लेप्चालाई १५ दिने लामो भ्रमणको निम्ति अमेरिका प्रस्थान गर्न अघि शुभेच्छा प्रदान गर्न आयोजना गरिएको यो कार्यक्रमको निम्ति युवा प्रकोष्ठका सम्पूर्ण पदाधिकारीहरूको सराहना गरे। छिरिङ वाङचुक लेप्चालाई हार्दिक शुभकामना दिॅंदै उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको युवामुखी कार्यक्रमहरूको एक प्रतिफल रहेको बताए।
पार्टीको अनुशासनमा रहेर पार्टीको निर्देशनलाई शिरोपर गरेर कार्य गर्न उनले सबै पदाधिकारीहरूलाई आवहान गरे। यसैगरी युवा प्रकोष्ठका सम्पूर्ण नवनियुक्त पदाधिकारीहरूलाई पनि सुखद कार्यकालको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरे।
युवा प्रकोष्ठका उपाध्याक्ष प्रभारी सञ्जित खरेलले मुख्यमन्त्री तथा पार्टी अध्यक्ष प्रेमसिंह तामाङप्रति आफुलाई पुन: यो जिम्मेवारी सुम्पिएकोमा हार्दिक आभार व्यक्त गर्दै पार्टीका सम्पूर्ण पदाधिकारीहरूलाई शुभकामना दिए। पार्टी र पार्टी अध्यक्ष प्रेमसिंह तामाङको निर्देशनलाई आत्मसात गर्दै सबै एकजुट भएर सिक्किम निर्मांणमा लागिपर्ने आह्वान पनि गरे। सबैको निम्ति सोंच्ने मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किमको बागडोर दीर्घकालीन समयसम्म सञ्चालन गर्न मुख्यमन्त्री तामाङको खाँचो रहेको बताए।
विद्यार्थी प्रकोष्ठका अध्यक्ष छिरिङ वाङचुक लेप्चालाई १५ दिने लामो भ्रमणको निम्ति अमेरिका प्रस्थान गर्न अघि उपस्थित सबैले खदा अर्पण गरी शुभकामना दिए। उनले सिक्किम साथै भारतको प्रतिनिधित्व गर्दै अमेरिकामा आयोजना हुने एक विशेष कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछन्।
कार्यक्रमलाई सम्बोधन गर्दै छिरिङ वाङचुक लेप्चाले अमेरिकामा आयोजना हुने युवा कार्यशालामा सहभागी बन्न पाउनु आफ्नो निम्ति ठूलो सौभाग्य रहेको बताउँदै यो अवसरको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति हार्दिक आभार व्यक्त गरे। यसैगरी, उनले उक्त कार्यक्रमबारे पनि संक्षिप्तमा प्रकाश पारेका थिए। मेरो रूख मेरो सन्तति, मेरो बाटो मेरो रूख जस्ता सिक्किम सरकारको पहललाई लिएर संयुक्त राज्य अमेरिकामा आफुले प्रस्तुति दिने उनले जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement