झुन्डिएको अवस्थामा शव उद्धार‌

deadbody.jpg

राजगञ्ज: राजगञ्ज खण्डको मगराडांगी इलाकामा आत्महत्याको घटना प्रकाशमा आएको छ।एउटा रुखमा झुन्डिएर आत्महत्या गर्ने व्यक्ति बब्लू राय (३३)भनेर चिन्तित गरिएको छ। मृतक स्थानीय निवासी थिए। गत अबेर राति घरदेखि केही टाढामा रहेको एउटा रूखमा झुन्डिएको अवस्थामा बब्लू रायको मृतक शरीर देखा परेको बताइएको छ। पारिवारिक सूत्र अनुसार गत राति बब्लू बाइक लिएर घरबाट निक्लिएका थिए। अबेर रातसम्म पनि घरमा नआएपछि परिवारका सदस्यहरूले तिनलाई विभिन्न ठाउँमा खोजी गर्दा अन्तमा तिनी घरदेखि केही टाढाको रूखमा झुन्डिएको अवस्थामा भेट्टाए। बब्लूले किन यसरी आत्महत्या गरे भन्ने बारेमा परिवारका सदस्यहरूले सोच्न समेत सकेका छैनन्। अर्कोतिर, घटनास्थलमा पुगेर राजगञ्ज थाना पुलिसले शवलाई उद्धार गरेपछि पोस्टमर्टमको लागि पटाइ दिएको छ। यसको साथै पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement