गान्तोक: निर्देशनमा आज सम्मान भवनमा आयोजित एक संक्षिप्त कार्यक्रममा विभिन्न लाभार्थीहरूलाई आर्थिक सहयोग प्रदान गरिएको छ। मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण कुमारी राईले लाभार्थीहरूलाई सहयोग राशि प्रदान गरिन्।
कूल ४७६ जना लाभार्थीले लाभ प्राप्त गरे भने विभिन्न कोषबाट सहयोग प्रदान गरिएको एसकेएमले आज जारी एक प्रेस विज्ञप्तिमा जानकारी गराएको छ।
लाभार्थीहरूमध्ये देश विदेश र राज्यभित्र शिक्षा आर्जन गर्ने ३०७ जना विद्यार्थीलाई मुख्यमन्त्री शिक्षा सहायता योजना अन्तर्गत आर्थिक सहयोग प्रदान गरियो भने मुख्यमन्त्री विवेकाधीन कोषबाट 88 जनाले लाभ प्राप्त गरेका छन्। यसरी नै वात्सल्य योजना अन्तर्गत 69 लाभार्थीले सहयोग पाए भने १० जना बिरामीहरूले मुख्यमन्त्री चिकित्सा सहायता योजनाबाट आर्थिक सहयोग प्राप्त गरेका छन्। यसैगरी सिक्किम गरीब आवास योजना अन्तर्गत २ लाभार्थीले घरको आदेश पत्र प्राप्त गरेका छन्।
मुख्यमन्त्रीले आवश्यकतामा परेका जनतालाई समय-समयमा यसरी एकत्रित गरेर सामूहिक रूपमा सहयोग प्रदान गर्दै आइरहेको कुरा विज्ञप्तिमा उल्लेख छ।










