गान्तोक: स्यारी निर्वाचन क्षेत्रका विधायक तेन्जिङ लाम्टाले आज सिक्किम फूटबल एसोसिएसन अनि फुटबल डेभलम्पमेन्ट प्राइभेट लिमिटेडका पदाधिकाराहरुसँग एक बैठक गरे। सिक्किममा फूटबल विकाससँगै प्रतिभावान खेलाड़ीहरुको खोजी सम्बन्धमा डाकिएको बैठकले उल्लेखित विषयमाथि निकै लामो छलफल गरेको थियो। विधायक लाम्टाले संघका पदाधिकारीहरुसँग राज्यमा खेलकुदलाई सुदृढ पार्ने रणनीतिक योजनाहरूबारे छलफलमा अआफ्नो विचार साझा गरे। स्मरण रहोस्, विधायक तथा वन एवं पर्यावरण विभागीय सल्लाहकार तेन्जिङ लाम्टाले सिक्किमको फूटबल विकासमा लामो समयदेखि काम गर्दै आएका छन्। लाम्टा सिक्किम हिमालयन स्पोर्टिङ क्लबका स्वामी पनि हुन्। सिक्किम हिमालयन स्पोर्टिङ क्लब प्रथम डिभिजन फुटबलको रुपमा सञ्चालित रहेको छ। आज बसेको महत्वपूर्ण बैठकले फूटबल विकास, सहकार्य, खेलकुद पूर्वाधार, सामुदायिक संलग्नता र तृणमूलस्तरसम्मका खेलाड़ीहरुलाई माथि उठाउऩ सहज हुने आशा गरिएको छ। राज्यका प्रतिभावान खेलाड़ीहरुलाई प्रोत्साहित गर्न दुवै संस्थाको सहकार्य महत्वपूर्ण बन्ने आशय विधायक लाम्टाको थियो। उनले सरकारको खेलकूद नीतिलाई प्रमुखता दिन आपसी सहकार्य जरूरी हुने मन्तव्य पनि राखे। बैठकमा दुवै एसोसिएसनका पदाधिकारीहरुले आगामी कार्यनीतिबारे प्रकाश पारेका थिए।








