गान्तोक: गान्तोकका जिल्लापाल तुषार निखारेको अध्यक्षतामा जल जीवन मिशनलाई लिएर एक समीक्षा सभा जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। यस अवसरमा जिल्ला योजनाकार सोनम ग्याछो भोटिया, खण्ड विकास अधिकारी र विभागका अभियन्ताहरूको उपस्थिति रहेको थियो। उक्त सभामा विशेष गरेर पाइपलाइनको कमी र पानीको मुहान सुक्खा भएको कारण यस योजनालाई कार्यान्वयन गर्न केही असुविधा उत्पन्न भइरहेको विषयमा विभागका अधिकारीहरूको ध्यान केन्द्रित गराइयो। यस सभाको मुख्य एजेन्डा कोष आवन्टन, संयुक्त राज्य कोषको ३०% जिल्लाको लागि विनियोजन गरिएको जेजेएम परियोजनालाई सफल बनाउन उपयोग गरिने जिल्लापालले बताए।
आगामी मार्च २०२५ पछि कुनै नयाँ कामहरू सुरु हुनेछैनन्, त्यसपछि मात्र धनराशि छोडिने प्रक्रियामा रहेको अवगत गराए। रिलीजहरू प्रक्रियामा छन्। राक्दोङ तिन्तेकका सह अभियन्ताले पानीको मुहानहरू सुकेकोले गर्दा पानी पुऱ्याउन नसकेको विषयमा चिन्ता व्यक्त गरे।










