गान्तोक: बेटी बचाऔँ बेटी पढाऔँ कार्यक्रम अन्तर्गत आज नावोपगाउँको आइसीडीएस केन्द्रमा सचेतना कार्यक्रम सम्पन्न भयो। पाकिम जिल्लाको महिला अनि बाल विकास विभागको पहलमा आयोजित यस कार्यक्रममा सामाजिक न्याय एवं कल्याण विभागकी उपनिर्देशक डिकित लेप्चाले किशोरीहरूको सशक्तिकरणबारे आयोजना गरिएको दस दिवसीय कार्यक्रमबारे विस्तृतरूपमा जानकारी गराइन्। यो कार्यक्रम अन्तर्राष्ट्रीय बालिका दिवसको रूपमा राज्यको विभिन्न स्थानमा गत २ अक्टोबरदेखि शुरू गरिएको थियो भने आगामी ११ अक्टोबरको दिन समापन हुने भएको छ। कार्यक्रममा सांस्कृतिक प्रस्तुतीसहित फेसन सो र ऱ्याम्प वाक आइसीडीएसका नानीहरूले प्रस्तुत गरेका थिए। सिक्किमका तीन ठूला जातीय समुदायको परम्परागत पहिरन लगाएर नानीहरूले उत्साहपूर्वक भाग लिएका थिएका थिए। यस गतिविधिले युवाहरूको मस्तिष्कसमा राज्यको विविध सांस्कृतिक पोशाकबारेमा जानकारी गराइएको थियो।










