दार्जीलिङ: अब हुने क्षेत्रिया चुनावहरूमा नोटा साथै साथै भीभीप्याटको सुविधा प्रदान गरियोस् भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले निर्वाचन आयोगलाई पत्रचार गरेका छन्। दार्जीलिङ जिल्ला अन्तर्गत खरसाङ अनि मिरिक अनि त्यसरी नै कालेबुङ जिल्लाको नगरपालिका बोर्डहरूको अब हुने चुनावमा नोटा र भीभीप्याटको सुविधा गरियोस् भन्ने मांग गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आज राज्यको निर्वाचन आयोगलाई पत्रचार गरेको छ अनि उक्त पत्रको प्रतिलिपि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी, दार्जीलिङ जिल्ला अधिकारी र कालेबुङ जिल्ला अधिकारीलाई पनि पठाएका छन्। अध्यक्ष एडवार्डसले निर्वाचन आयोगलाई लेखेको पत्रमा लोकतन्त्रमा निर्वाचनलाई सवैभन्दा ठूलो विश्वास मानिलिएको छ तर निर्वाचन निष्पक्ष र स्वतन्त्र हुन पर्छ। इलेक्ट्रोनिक भोटिङ मिसिन विवादको विषय पनि बन्न पुगेको छ। ईभीएम मिशनसँग छेडछाड हुन सक्ने राजनैतिक दलहरू लगायत उम्मेद्वारहरूले पनि आरोप र लान्छनाहरू लगाएको मिडिया रिपोर्टमा आएका छन्। यस्ता रिपोर्ट र खबरहरूले उतेजना सृजना भएको मिडिया रिपोर्टमा आएको छ। गत ८ अक्टोबर २०१३ मा सर्वोच्च न्यायलयले एक याचिकामाथि सुनाई गर्ने क्रममा निर्वाचन आयोगलाई भीभीप्याट लागु गर्ने निर्देश दिएका थिए। त्यसपछि अधिकांश राज्यहरूमा हुने विधानसभा चुनाव र लोकसभा चुनावमा भीभीप्याट प्रयोगमा ल्याउने कार्यहरू भएको छ। पश्चिम बंगाल सरकारले २०२१ को कोलकता र हावडा नगरनिगमको चुनावमा भीभीप्याट र ईभीएम मिसिन प्रयोगमा ल्याउन अघि सूचना जारी गरेका थिए। दिल्लीको अरविन्द्र केजरीवालको सरकारले पनि दिल्ली नगरनिगमको चुनावमा भीभीप्याट प्रयोगको निम्ति दिल्ली उच्च न्यायलयमा याचिका दायर गरेका थिए भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले उक्त पत्रमा उल्लेख गरेका छन्। भीभीप्याट र ईभीएम मिसिनद्वारा गरिएको चुनावमा मतदाताहरूले विश्वास गरेको मिडिया रिपोर्टहरूमा आएका छन्। तिनले भने, म राज्य निर्वाचन आयोग समक्ष नोटाको विकल्पहरू उपलब्ध गराउने अनुरोध गर्छु भन्दै अजय एडवार्डसले नोटाले चुनावी मैदानमा उत्रिएका उम्मेद्वारहरूसँग असुन्तुष्ट ब्यक्तिहरूले उनीहरूको असुन्तुष्ट ब्यक्त गर्न सक्छ, यसले मतदाताहरूले आफ्नो मत अधिकार प्रयोग गर्न सक्छ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले बताएका छन्।









