गान्तोक: देशका विभिन्न शैक्षिक संस्थानबाट एमबीबीएस र एमकम उतीर्ण हुने विद्यार्थीहरूले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। मुख्यमन्त्रीलाई भेटनेहरूमा सोरेङ निवासी दिछेन तामाङ जसले राम मेमोरियल सरकारी मेडिकल कलेजबाट एमबीबीएस उतीर्ण गरेकी हुन् भने नितिषा प्रधानले चेन्नईको एसआरएमबाट एमबीबीएस, काल्जङ इडेन सेङगा भोटियाले एसआरएमबाट एमबीबीएस र भावना शर्माले सिक्किम मणिपालबाट एमबीबीएस उतिर्ण गरेकी हुन्। आकांक्षी विद्यार्थीहरूलाई उनीहरूको सपना पूरा गर्न र सफलता हासिल गर्ने यात्रामा सहयोग गर्न पाउँदा आफूलाई आनन्द लाग्ने गरेको मुख्यमन्त्रीले बताएका छन्। उनले विद्यार्थीहरूको कडा परिश्रमको प्रतिफल देखेर आफूलाई खुशी लागेको बताए।










