कर्मचारीले नियमित वेतन पाउनुपर्ने एसपीवाइएफको माग

IMG-20241008-WA0313

गान्तोक: सिक्किम प्रोग्रेसिभ युथ फोरमले राज्यका कर्मचारीहरूले नियमित वेतन पाउनुपर्ने माग गरेको छ। फोरमले एउटा प्रेस विज्ञप्ति जारी गरी सरकारमा उच्च ओहोदाका अधिकारीहरूले नियमित वेतन पाइरहेका छन्‌ भने साना तहका कर्मचारीहरूको वेतनमा किन ढिल्याइ भइरहेछ भन्ने प्रश्न उठाएको छ। “कर्मचारीले महिनाभरी श्रम गरेपछि महिनाको अन्त्यमा वेतन पाउनु उसको अधिकार हो। महिना बितेर जाँदा पनि तनखा नदिनु भनेको अपराध हो, अन्याय हो। संसारमा कुनै देश छैन जहाँ काम गरेबापत वेतन नदिइएको होस्। तर दुःखको कुरा के छ भने, सिक्किममा विगत छ-सात महिनादेखि नवनियुक्त हजारौँ कर्मचारीगणको वेतन दिइएको छैन। सरकारमा काम गर्ने ठूला कर्मचारीको तनखा महिनै पछि आइरहेको छ, मन्त्रीगण, विधायकगण साथै मुख्यमन्त्री सबैको पनि समयमा पैसा आइरहेकै छ। तर, किन सामान्य कर्मचारीगणको भने समयमा वेतन आउँदैन? एक महिनाको वा दुई महिनाको मात्र होइन, जसले जति काम गरेको छ, त्यो सबै पैसा सरकारले दिनुपर्छ। दसैँको छेक वा कुनै चाडपर्वको छेकमा मात्र पाउनुपर्छ भन्ने होइन। नियमित समयमा प्रत्येक कर्मचारीले वेतन पाउनुपर्छ।” एसपीवाइएफले विज्ञप्तिमा माग गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement