मुम्बई: महान क्रिकेटर सचिन तेन्दुलकरले इण्टरनेशनल मास्टर्स लीग (आईएमएल)-को पहिलो सीजनमा भारतीय टीमको अगुवाई गर्नेछन्। यस बहुप्रतीक्षित लीगमा ६ वटा क्रिकेट महाशक्ति भारत, श्रीलंका, अष्ट्रेलिया, ईंग्ल्याण्ड, दक्षिण अफ्रिका र वेष्ट इण्डिजको टीमले हिस्सा लिनेछ। यो टुर्नामेण्ट १७ नोभेम्बरमा शुरु भएर ८ दिसम्बरसम्म चल्नेछ अनि नवी मुम्बईको डी.वाई. पाटिल स्टेडियममा ४ वटा म्याचको पहिलो चरण खेलिनेछ। इण्टरनेशनल मास्टर्स लीग टी२० प्रारूपमा हुनेछ। यसमा सचिन (भारत), ब्रायन लारा (वेष्ट इण्डिज), कुमार सङ्गकारा (श्रीलंका), शेन वाट्सन (अष्ट्रेलिया), इयोन मोर्गन (ईंग्ल्याण्ड) र ज्याक कलिस (दक्षिण अफ्रिका) आ-आफ्नो टीमको कप्तान हुनेछन्। टुर्नामेण्टको उद्घाटन म्याचमा भारत र श्रीलंकाबीच जम्काभेट हुनेछ। क्रिकेट आइकन तथा लीगका ब्राण्ड एम्बसेडर सचिनले भने, आईएमएल-को एम्बसेडर र अनुहारको रूपमा म लीगमा इण्डियन मास्टर्सको नेतृत्व गर्न अनि टीमको प्रतिनिधित्व गर्न उत्सुक छु। मैदानमा हुने खेल निश्चित रूपले प्रतिस्पर्धी र रोमाञ्चक हुनेछ। यो आउँदो पीढ़ीलाई प्रेरित गर्ने अवसर हो। हामी सबै यस नयाँ चुनौतीको निम्ति तयार र उत्साहित छौं।








