भद्रपुर: उदयपुरमा श्रीमानले श्रीमतीको हत्या गरेको छ। आज मंगलबार त्रियुगा नगरपालिका ६ जलजलेमा करिब साझ ६ बजेको समयमा घटना भएको हो। श्रीमान जंग बहादुर तामाङले आफ्नै श्रीमतीलाई हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार २९ बर्षिय उर्मिला तामाङको हत्या भएको हो। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। ताप्ली गाउँपालिकाका ठेगाना भएका उर्मिला र जंग बहादुर तामाङ जलजलेमा भाडामा बस्दै आएको खुलेको छ। घटनाबारे बिस्तृतमा प्रहरीले अनुसन्धान गरिरहेको छ। हत्या गर्ने तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।








