कोचबिहार: यस वर्ष पनि कोचबिहारको संशोधनागारमा दुर्गा पूजा आयोजना गरिँदैछ जसबाट सजाय भोगिरहेका बन्दीहरू धेरै खुशी भएका छन्। वास्तवमा कारावासमा रहेका बन्दीहरूले हरेक दिन सूर्योदयदेखि सूर्यास्तसम्म लगभग दिनभरि नै चार दिवारभित्र बिताउँछन्।उनीहरूको सुख-दुःख चार दिवारसम्म मात्र सीमित रहन्छ। यस्तो अवस्थामा बन्दीहरू पनि आनन्ददेखि वञ्चित नरहुन् भन्ने उद्देश्यले जेल प्रशासनले यस वर्ष पनि कोचबिहार जिल्ला संशोधनागारमा दुर्गा पूजा आयोजना गरिरहेको छ। यस अवसरमा बन्दीहरूको लागि विशेष भोजन पनि उपलब्ध गराइनेछ यस अतिरिक्त सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिनेछ। संशोधनागारमा पूजाको तयारी शुरू भइसकेको छ जसबाट बन्दीहरू उत्साहित छन्। कोचबिहार जिल्ला संशोधनागारका अधीक्षक गौतम रायले भने, पूजा सामान्य स्तरमा आयोजना गरिँदैछ। पूजाको आयोजनदेखि बन्दीहरू खुशी छन्। पूजाको अवसरमा चार दिनसम्म उनीहरूको लागि विशेष भोजनको व्यवस्था गरिएको छ। उनले भने बन्दीहरू पनि पूजाको आनन्ददेखि वञ्चिर नरहुन् भनेर दिवंगत मन्त्री कमल गुहाको कार्यकालमा कुचबिजार जिल्ला संशोधनागारमा दुर्गा पूजाको शुरूआत गरिएको थियो। त्यसबेलादेखिको प्रत्येक वर्ष नियमित रूपमा यहाँ पूजा आयोजना हुँदै आएको छ। तथापि केही कारणवश गत वर्ष पूजाको आयोजन भएको थिएन।










