शुभेच्छाको कला यात्रा, मोडलिङदेखि चलचित्रसम्म

IMG_2291

काठमाडौं: शुभेच्छा खड्का ब्युटी प्याजेन्टको बाटो हुँदै नेपाली रजतपटमा डेब्यु गरेकी नायिका हुन्। अघिल्लो वर्ष मात्रै उनी लिड रोलमा रहेको चलचित्र चित्राप्रदर्शनमा आएको थियो। ब्युटी प्याजेन्ट होस् वा ऱ्याम्पमा वक अथवा सिनेमाको पर्दामा अभिनय कलाका जुनसुकै विधामा उनले आफूलाई अब्बल प्रमाणीत गरिन्।  १९९४ फरवरी ७ मा काठमाडौंमा जन्मिएकी शुभेच्छाले ब्युटी प्याजेन्टमार्फत कलाको विधामा इन्ट्री गरेकी थिइन्।  २०११ मा मिस ई कलेज२०११ मा उनले पहिलोपटक भाग लिइन्। जहाँ उनी टप ५ सम्म पुग्दा दुईवटा सबटाइल भने जितिन्। त्यो प्रतियोगितामा उनलाई धेरैले पहिलो हुनुपर्ने प्रतिस्पर्धी भनिरहेका थिए। तर उनले टाइटल जित्न सकिनन्। ‘मलाई पनि अपेक्षा थियो। तर मेरो भाग्यमा नै यस्तै रहेछ भन्ने भयो’, शुभेच्छा भन्छिन्, ‘त्यो प्रतियोगिताबाट मैले धेरै कुरा सिकेँ। अझै धेरै गर्नसक्छु भन्ने अठोट गरेँ।‘

त्यसको एक वर्षपछि देशकै ठूलो ब्युटी प्याजेन्ट मिस नेपाल२०१२ मा सहभागी भइन्। यसमा भने उनलाई ठूलो सफलता हात लाग्यो। उनको अठोट र लभावले काम गर्यो। मिस नेपाल इन्टरनेसनल२०१२ टाइटल जितिन्। यो आफैँमा सफलता त छँदै थियो। त्यसबाहेक यो आगामी दिनमा अन्य क्षेत्रका ढोका पनि खुला भएका थिए। ती ढोका कला क्षेत्रका साथै अन्य क्षेत्रका पनि थिए। मात्रै उनले कुन क्षेत्र रोज्ने भन्ने मात्रै थियो।

सानैदेखि शुभेच्छा सुन्दरी प्रतियोगिताहरू हेर्थिन्। टेलिभिजनमा हेरिरहेका ती प्रथियोगिताले उनको मन खिचेको थियो। मिस युनिभर्सदेखि मिस वल्डसम्म उनी हेर्न छुटाउँदिनन् थिइन्। ‘म ती प्रतियोगिता हेर्दिनमात्रै थिएँ, निकै प्रभावित पनि हुन्थेँ। यस्तै प्रतियोगितामा सहभागी भएर विजेता हुन पाए भन्ने लोभ पनि लाग्थ्यो। तर यही बाटो रोज्छु भन्ने निश्चित गरेको थिइनँ’, उनी नोस्टाल्जिक हुन्छिन्। उनमा यति धेरै दिलचस्पी थियो, मिस नेपालप्रति। उनी सानैमा प्रत्येक मिस नेपालको नाम कण्ठस्थ थियो। २०१२ को वर्ष प्लस टु सकेर स्नातक भर्ना भएकी थिइन्। एक्कासी उनलाई लाग्यो, यही वर्ष मिस नेपालमा जानुपर्छ भन्ने सोच आयो । परिवारले पनि उनलाई सहयोग गर्यो। शुभेच्छालाई झन सहज भयो।

‘मिस नेपाल मोडलिङमा जाने सबैभन्दा ठूलो प्लेटफर्म हो भन्ने लाग्यो’, उनी भन्छिन्, ‘यहाँ गएर मोडलिङको क्षेत्रमा नाम कमाउन सकिन्छ भन्ने थियो। त्यसैले म मिस नेपालमा सहभागी भएको थिएँ।‘ उनले आफूलाई स्थापित गर्न धेरै ब्युटी प्याजेन्टमा भाग लिनै परेन। उनले चारवटा प्रतियोगितामा भाग लिइन्। जसले उनलाई पर्याप्त नाम दियो। राष्ट्रियतर्फ मिस ईकलेज२०११ र मिस नेपाल२०१२ र इन्टरनेसनलतर्फ मिस इन्टरनेसनल २०१२ (जापान) र वर्ल्ड मिस युनिभर्सिटी२०१७ (कम्बोडिया)मा भाग लिइन्। यसले उनलाई नेम र फ्रेम दुवै दियो। शुभेच्छाले मोडलिङ शुरु गरेको १२ वर्ष भयो। जसले उनलाई नाम त दियो नै। सँगै देशका धेरै ब्राण्डसँग काम गर्ने अवसर जुटाइदियो। देशका थुप्रै प्रतिष्ठित कम्पनीको ब्रान्ड एम्बेस्डर भएर काम गरिन्। म्याजिक फुटवेर, ग्ल्याम एण्ड ग्लोरी हेयर रिमुभल क्रिम, मिनिसो, वेलबेल, टेनेक्युलिटी स्पा, अप्सन कन्सल्टेन्सीको उनी ब्राण्ड एम्बेस्डर भइन्। 

मोडलिङ शुभेच्छाको पेसा हो, यसमै उनी रमाउँछिन्। उनलाई मोडलिङले आफ्नो इच्छालाई आकार दियो। जिन्दगीलाई रमाइलो बनाइदियो। क्यामेरा अगाडि निर्धक्क बोल्न र अभिनय गर्न अवसर दियो। थुप्रै ब्रान्डसँग जोडिन र बुझ्ने मौका दियो। सबैभन्दा ठूलो कुरा त पहिचान दियो। पत्रिकामा छापिनु, समाचारका हेडलाइन बन्नु, अन्तर्वार्ताको पात्र हुनु, टेलिभिजनमा विभिन्न भूमिकामा प्रस्तुत हुँदा, एमसी भएर बोल्नु आखिर मोडलिङले त दिएको हो उनलाई, त्यसैले उनी यो अवसर प्रदान गर्ने पेसाप्रति सधैँ नतमस्तक हुन्छिन्। जब उनी मिस नेपालमा सहभागी भइन् र मिस नेपाल इन्टरनेसनको उपाधि जितन्। उनलाई चलचित्रमा नायिकाका लागि अफर आउन थाले। तर उनलाई त्यो बेला आँट आएन। उनी सिनेमामा नखेले पनि यसलाई नजिकबाट नियालिरहेकी थिइन्। अफर आउँथे। उनलाई अफर स्वीकार गरौँ कि भन्ने पनि लाग्थ्यो। तर फेरि अर्को मनले भन्थ्यो, अझै केही समय कुर्ने की।

तर जब गोविन्द सिंह भण्डारीबाट अफर आयो चलचित्रका लागि। निर्देशक भण्डारीको टिम देखेर उनलाई चलचित्रमा काम गर्न रहर लाग्यो। र उनले खेलिन्, रनवीर। जुन उनको पहिलो चलचित्र थियो। सिनेमामा प्रवेश गरिन्। रनवीर’, ‘चित्रालगायत चलचित्रमा नायिकाको रुपमा काम गरिन्। तर उनले मोडलिङलाई भुलेकी छैनन्। उन अझै मोडलिङलाई निरन्तरता दिने सोचमा छिन्। ‘चलचित्रमा पनि काम गर्दैछु। चाँडै नै दर्शकले मलाई ठूलो पर्दामा देख्नु हुनेछ। बाहिरका एजेन्सीसँग पनि टचमा छु। त्यहाँबाट पनि थुप्रै कामको अवसर आइरहेको छ’, शुभेच्छा भन्छिन्, ‘ती एजेन्सीसँगै अरु पनि काम गर्नेछु। चलचित्र र मोडलिङ त मेरो पहिचान नै हो, गर्ने नै छु।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement