भद्रपुर: म्याग्दीको धौलागिरि हिमाल आरोहण गर्न गएका ५ जना रुसी पर्वतरोहीको मृत्यु भएको छ। आधारशिविरबाट रविवारदेखि सम्पर्कविहीन भएका उनीहको शव आज भेटिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक(डिएसपी) भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको हो।रविवार विहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरुको हेलिकप्टरबाट खोजी गरिएको थियो। शव ल्याउने तयारी भइरहेको छ। उनीहरु ७ हजार ७ सय मिटरबाट खसेर ७ हजार १ सय मिटरमा झरेका थिए।
आरोहण समूहका भालेरी सामालोलाई हेली एभरेष्टको हेलिकोप्टरबाट उद्धार गरी काठमांडू लगिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। चौथो क्याम्पमा पुगेपछि माथि जान नसकेपछि भालेरी तल झरेका थिए।रुसी पर्वतारोहीको टोली ३ साताअघि धौलागिरीतर्फ गएको थियो।










