सडक सुरक्षा व्यवस्थालाई लिएर परिवहन मन्त्री स्नेहाशीष चक्रवर्तीले गरिन् बैठक

IMG_20220824_172522.jpg

सिलगढी: सडक सुरक्षा व्यवस्था (रोड सेफ्टी)-लाई लिएर राज्य परिवहन मन्त्री स्नेहाशीष चक्रवर्तीले आज सिलगढीको मल्लागढीस्थित मैनक टुरिस्ट लजमा आरटीओ, स्कुल प्रबन्धन, कलेज प्रबन्धनका अधिकारीहरूसित बैठक गरे। बैठकमा सेफ ड्राइभ सेभ लाइफ’ बारेमा विस्तृत चर्चा गरियो। बैठक अवधि परिवहन मन्त्री स्नेहाशीष चक्रवर्तीले प्रबन्धन साथै अन्य पदाधिकारीहरूलाई सड़क दुर्घटनामा रोक लगाउन अनि सावधानीपूर्वक गाड़ी चलाउने विषयमा जागरूक गर्ने निर्देश दिए। यसको साथै तिनले स्कुल अनि कलेजका विद्यार्थीहरूलाई ट्राफिक नियमलाई पालन गरेर आवत्-जावत् गरिदिने निर्देश दिँदै यसले गर्दा ‘सेफ ड्राइभ सेभ लाइफ’ अन्तर्गत आउजाउ गर्दा सुरक्षित रहोस अनि मृत्यु दरमा कमी होस भन्ने मन्त्री स्नेहाशीषले मन्तव्य व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement