खरसाङ: कम्पनीले १० प्रतिशत मात्र बोनस दिने कुरा गरेपछि खरसाङको लङ्भ्यु चियाबारीको श्रमिकहरूले बीस प्रतिशत बोनसको मांगमा अनशनमा बसेका छन्। लङ्भ्यु चियाबारीको श्रमिकहरूलाई कम्पनीले ५ प्रतिशत दशैं अघि र रहल ५ प्रतिशत तिहार अघि दिने भएको छ। गत राती अचनाक ५ प्रतिशत बोनस जबरजस्ती एकाउन्टमा हालिदिएपछि श्रमिकहरू आक्रोशित बनेका छन्। लङ्भ्यु चियाबारीको श्रमिकहरू २० प्रतिशत बोनसको मागमा अडिक छन्। बीस प्रतिशत बोनसको मांगमा
आजबाट लङ्भ्यु चियाबारीको श्रमिकहरू क्रमिक अनशन शुरू गरेका छन्।










