खरसाङ: तीनधारेको बीस माइलस्थित उत्तर केशी सिंहदेवी मन्दिरमा सार्वजनिक श्री श्री नव दुर्गा भवानी पूजा भोलिदेखि शुरु भईरहेको छ। उक्त मन्दिरमा सार्वजनिक श्री नव दुर्गा भवानी/ काली पूजा कमिटिको आयोजनामा मन्दिरमा भोलि 9 अक्टोबरदेखि 11 अक्टोबरसम्म भव्य रुपमा सम्पन्न गर्न गहिरहेको छ। उक्त सरदीय नवरात्रिमा आयोजक समितिले नेपाली परम्परा श्री श्री दुर्गा माँ को प्रतिमाबाट झल्काउने प्रयास गरिएको छ। सन् 1968 मा स्थापना भएको उक्त मन्दिरमा सम्पूर्ण भक्तजन लगायत स्थानीय महानुभावहरूलाई सह-परिवारसहित पूजा कमिटिको तर्फबाट निमन्त्रणा गरिएको छ।आयोजक समितिले भक्तहरुको सहयोगको फलस्वरूप साथै दुर्गा माँ को कृपयाले गर्दा प्रत्येक साल पूजा विधि विधान रूपमा साथै भव्य रुपमा सम्पन्न गरिरहेका छन्। उक्त दुर्गा पूजामा सचेतना हेतु पूजा कमिटिद्वारा ब्यानरको माध्यमबाट विभिन्न विषयहरूमा सचेतना फैलाउने झल्काउने प्रयास पनि गरिएको पनि जानकारी प्राप्त भएको छ। की सचेतना कार्यक्रमहरूमा डेंगु, कालो ज्वरो, सेफ ड्राइभ सेफ लाइफ , मानव तस्करी अनि साइबर क्राइम इत्यादि विषयहरूमा पनि पोस्टर र ब्यानरहरूको माध्यमले सचेतना गराउने प्रयास गरिएको छ।

पूजा कमिटिको माध्यमबाट सम्पूर्णमा बड़ा दशैंको मंगलमय शुभकामना व्यक्त गरिएको छ। पूजा कमिटीको सभापति राजेन तामाङ र सचिव गणेश प्रधानले जानकारी गराए अनुसार उक्त दुर्गा पूजा पण्डित निर्मल गुरूजीको अगुवाईमा सम्पन्न गरिने भएको छ। दुवैले बताए अनुसार तीनधारेको बीस माइलस्थित उत्तर केशी सिंहदेवी मन्दिरमा ९ अक्टोबरदेखि ११ अक्टोबरसम्म पूजा आयोजना गरिने भएको छ। उक्त पूजा अन्तर्गत गत ३ अक्टोबरदेखि माँ शैलपुत्री घट स्थापना विधि विधान रूपमा सु-सम्पन्न गरिएको थियो। त्यसरी नै ४ अक्टोबरको दिन माँ ब्रहृमचारिणी पूजा, ५ अक्टोबरमा माँ चन्द्रघण्टा पूजा, ६ अक्टोबरमा माँ कुष्माण्डा पूजा, ७ अक्टोबरमा माँ स्कन्दमाताको पूजा अनि आज 8 अक्टोबरमा माँ कात्यायनी पूजा गरिएको छ। त्यसरी नै ९ अक्टोबरमा माँ कालरात्रि पूजा, १० अक्टोबरमा माँ महागौरी पूजा (कालरात्रि हवन) हुने भएको छ भने ११ अक्टोबरको दिन माँ सिद्धिदात्री (हवन, तिलक पाती, महा-प्रसादम् वितरण) गरिने भएको जानकारी प्राप्त भएको छ। उक्त दुर्गा पूजामा आयोजक समितिको पक्षबाट सबैलाई उपस्थितिको लागि आह्वान् गरेका छन्।










