बागडोग्रा विमानस्थल नजिकैको नालाबाट शव भेटेपछि हलचल

Screenshot_20241008_172914_WhatsApp

बागडोग्रा: बागडोग्रा विमानस्थल नजिकै रहेको पुनई बस्तीमा नालीबाट एक शव फेला परेपछि त्यहाँ हलचल मच्चिएको छ। बागडोग्रा चिया बगानका ट्याक्टर चालक २९ वर्षीय चन्दन नायकको शव आज पुनई बस्तीस्थित नाला किनारबाट फेला परेको छ। टाउकोमा रगत बगेको निशान थियो। पारिवारिक स्रोतका अनुसार हिजो दिउँसो ड्युटी सकेर उनी माछा मार्न बाहिर निस्केको भन्दै घरबाट निस्किएका थिए। राति घर नफर्केपछि परिवारले खोजी गर्न थाले। आज बिहान पुनई बस्तीका बासिन्दाले चन्दनको शव देखेपछि परिवारलाई खबर गरे। पछि बागडोग्रा थानाको पुलिस आएर शव बरामद गरी पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज अस्पतालमा पठाइयो। उनी माछा मार्न बाहिर निस्केको भए एक्लै किन, साथमा कोही भएको हुनुपर्छ भन्ने पारिवारिक स्रोतको भनाइ छ। पुलिस सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement