मल्लिक इलेभेनको आयोजनमा वनडे फूटबल टुर्नामेण्ट ४ सेप्टेम्बरमा

IMG-20220824-WA0122.jpg

२४ अगस्तः मल्लिक इलेभेन (मेडिकल कलेज, कावाखाली नेताजी मोड़)-को तत्त्वावधानमा जीतू मल्लिक मेमोरियल ट्रफी वनडे नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। मेडिकल कावाखाली स्थित एमएसके स्कूल मैदानमा हुने यस ८ ए साइड टुर्नामेण्टको आयोजन ४ सेप्टेम्बरमा हुनेछ। यस वनडे टुर्नामेण्टमा विजेता हुने टीमलाई जीतू मल्लिक मेमोरियल विनर्स ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई जगदीश मल्लिक मेमोरियल रनर अप् ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा एकाधिक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई स्थान दिइनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति पञ्जीकरण शुल्क ४००१ रुपियाँ तोकिएको छ। पञ्जीकरण शुल्क जमा गर्ने अन्तिम मिति ३० अगस्त रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement