सञ्जु सेमसनलाई चेताउनी दिए चोपड़ाले

IMG-20241008-WA0223

नयाँ दिल्ली: भारतका विकेटकीपर-ब्याटर सञ्जु सेमसनले ९ साल अघि २०१५-मा अन्तर्राष्ट्रिय पदार्पणपछि पनि भारतीय टीममा स्थान पक्का गर्न सकेका छैनन्। उनी अहिले पनि टीममा स्थायी स्थानको निम्ति संघर्ष गरिरहेका छन्। खेलको सबैभन्दा छोटो प्रारूपबाट विराट कोहली र रोहित शर्माको सन्न्यासपछि मुख्य प्रशिक्षक गौतम गम्भीर र टी२० कप्तान सूर्यकुमार यादवले बंग्लादेशविरुद्ध टी२० सीरीजको पहिलो म्याचमा सञ्जुलाई ओपनिंग ब्याटरको रूपमा प्रयोग गरे। ग्वालियरमा खेलिएको म्याचमा सञ्जुसे अभिषेक शर्मासँग ईनिंग्सको शुरुवात गरे। सेमसनले आफ्नो टाइमिंग र तक्निकको प्रदर्शन गर्दै १९ बलमा २९ रन बनाए तर चाँड़ै आउट हुँदा फेरि अधिक प्रभाव छोड़्न सकेनन्। यसैकारण पूर्व भारतीय ओपनिंग ब्याटर आकाश चोपड़ाले आउँदो म्याचहरूमा निरन्तरताको आवश्यकतामाथि जोर दिँदै सेमसनलाई असल प्रदर्शन गर्न नसके टीमबाट बाहिर हुने खतरा रहेको चेताउनी दिएका छन्। चोपड़ाले भने, ईनिंग्स राम्रो थियो अनि उनले २९ रन बनाए। उनी त्यहाँसम्म पुगेपछि अझ केही समयसम्म खेल्नु पर्थ्यो। म यही भन्न चाहन्छु। उनले अझ केही रन बनाउनु पर्ने थियो। यस्तो नगरे उनको स्थान खतरामा पर्नेछ। प्रदर्शनमा निरन्तरता देखाउन नसके टीममा भित्र-बाहिर हुने अनि ब्याटिंग क्रममा तल-माथि हुने क्रम जारी रहनेछ।
चोपड़ाले ग्वालियरमा खेलिएको म्याचमा सेमसनको शट् चयनको प्रशंसा गरे। उनले भने, हामीले सञ्जुबारे चर्चा गर्नु जरूरी छ। अभिषेक शर्मा रन आउट हुन अघिसम्म असल खेलिरहेका थिए तर सञ्जुले कति राम्रो खेले ? सञ्जुले भारतको निम्ति नखेले त्यो भारतको निम्ति ठूलो नोक्सान साबित हुने गम्भीरले पहिला पनि भनिसकेका छन्। यसपाली ओपनरको भूमिकामा उनी असाधारण टचमा थिए। उनले केही दर्शनीय शट्हरू खेले तर ईनिंग्स सामान्य लामो चल्नु पर्ने थियो। भारत र बंग्लादेशबीच दोस्रो टी२० म्याच बुधवार खेलिनेछ। यसैकारण २९ वर्षीय सेमसनको निम्ति सीरीजको रहल म्याचहरूमा प्रदर्शन भारतीय टी२०आई टीमको साथ उनको भविष्यको निम्ति महत्त्वपूर्ण हुनेछ।

About Author

Advertisement