सुरक्षित इण्टरनेटको निम्ति एयरटेलको फोर्टिनेट-सँग साझेदारी

IMG-20241008-WA0183

काेलकत्ता: दूरसञ्चार क्षेत्रको प्रमुख कम्पनी भारती एयरटेलको बी टू बू यूनिट एयरटेल बिजनेसले सोमवार उनीहरूका बिजनेसको निम्ति इण्टरनेट सिक्योरिटी सोल्यूशन `एयरटेल सिक्योर इण्टरनेट’ पेश गर्नको निम्ति ग्लोबल साइबर सुरक्षा कम्पनी फोर्टीनेट-सँग साझेदारीको घोषणा गऱ्यो। यस साझेदारीको माध्यमले एयरटेलले आफ्ना यूजर्सलाई एण्ड टू एण्ड सुरक्षा प्रदान गर्नेछ।
तक्निकी दुरुपयोगबाट बचाउनेछ सर्विस मोडललेः
कम्पनीले बयानमा भनेको छ, सेवा मोडललाई तक्निकी दुरुपयोगबाट बचाउन तयार गरिएको छ। यसले व्यवसाय भविष्यको निम्ति तयार रहोस् अनि पुञ्जीगत व्यय कम्ती होस् भन्ने सुनिश्ति गर्नेछ। बयानमा भनिएको छ, एयरटेलको इण्टरनेट कनेक्टिविटीलाई फोर्टिनेट-को आउँदो पीढ़ीको फायरवालसँग संयोजित गरेर यसले एयरटेलको सुरक्षा सञ्चालन केन्द्र (एसओसी) र फोर्टिनेट-को सिक्टोरिटी अर्केस्ट्रन, अटोमेशन एण्ड रेस्पोन्स (एसओएआर) मञ्चको माध्यमले एण्ड टू एण्ड सुरक्षा प्रदान गरिनेछ।
फोर्टिनेट-को भारत र सार्क क्षेत्रका कण्ट्री म्यानेजर विवेक श्रीवास्तवले भने, एसओसी-एज-ए-सर्विस मोडलको लाभ उठाएर संगठनले आफ्नो स्वाामित्वको कुल लागतलाई कम्ती गर्न सक्नेछ, साइबर सुरक्षा कौशलले अन्तर सृष्टि गर्न सक्छ, जसले आजको डिजिटल परिदृश्यमा व्यापक सुरक्षा सुनिश्चित हुनेछ।
यसरी एयरटेल बिजनेसका सीईओ शरत सिन्हाले भने, साइबर सुरक्षा लगातार जटिल हुँदै गएको छ अनि धेरै संगठनहरूसँग यसलाई प्रभावी तरिकाले प्रबन्धित गर्ने संसाधनको कमी छ। हामी भारतीय बजारमा समावेशी साइबर सुरक्षित आईएलएल-को मामिलामा अग्रणी रहेका छौं। हाम्रो अझ एउटा अभिनव सुरक्षा समाधान- एयरटेल सिक्योर इण्टरनेटको लञ्चको साथ हामी एउटा व्यापक, भविष्य प्रूफ समाधान प्रदान गर्छौं, जसले उच्च पुञ्जीगत व्ययको बोझ बिना उद्यमीहरूको सुरक्षालाई मजबूत गर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement