पेट्रोल बोकेर बिराटनगर आँउदै गरेको ट्याङकर भारतको नरपथगछमा दुर्घटना

IMG-20241008-WA0158

भद्रपुर: भारतको बरौनीबाट इन्धन लोड गरेर नेपाल आयल निगम विराटनगर आउँदै गरेको ट्याङ्कर भारतको बिहार नरपथगछमा दुर्घटना भएको छ।
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर अनियन्त्रित भई सडक भन्दा केहि तल झरेको थियो। सोमबार मध्ये राती ट्याङकर सडकबाट केहि तल झरेर आगलागी भएको थियो।ट्याङकरमा चालक अभिषेक मण्डल थिए। यो ढुवानी व्यवसायी सुल्जित सिंहको गाडी हो। ना ४ ख ३१०९ नम्बरको ट्याङकर ११ हजार भोल्टेज बिद्युत प्रसारण लाइनको पोलमा ठोकिएर पल्टिएको बताइएको छ। नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरका प्रमुख नवबिनोद पोखरेलले २० हजार लिटर पेट्रोल बोकेको ट्याङकर लोड भएर नेपाल आउने क्रममा फारबिसगञ्जदेखि ५ किलोमिटर दुरीमा पल्टिकएको जानकारी आएको बताए।
उनले ढुवानी व्यवसायीको ट्याङ्कर पूर्ण रुपमा क्षति भएको र नेपाल आयल निगमको २० हजार लिटर पेट्रोल जलेको बताए। उनका अनुसार इन्धनको बीमा हुने भएकोले त्यसको भरण हुने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement