नयाँ दिल्ली: पेरिस ओलम्पिक २०२४-मा काँस्य पदक जित्ने शूटर स्वप्निल कुसालेका पिताले महाराष्ट्र सरकारद्वारा उनको छोरालाई दिइएको २ करोड़ रुपियाँको पुरस्कार राशिमाथि निराशा व्यक्त गर्दै हरियाणा सरकारले आफ्ना खेलाड़ीहरूलाई यसभन्दा धेर पुरस्कार राशि दिने बताए। कोल्हापुरका निवासी २९ वर्षीय स्वप्निलले पेरिसमा ५० मीटर राइफल थ्री पोजिशन स्पर्धामा काँस्य पदक जितेका थिए। उनका पिता सुरेश कुसालेले बताएअनुसार, उनको छोरालाई ५ करोड़ रुपियाँको पुरस्कार राशि अनि पुणेको बालेवाड़ीमा छत्रपति शिवाजी महाराज स्पोर्ट्स कम्प्लेक्स नजिक एउटा फ्ल्याट दिनु पर्ने थियो। सुरेश कुसालेले कोल्हापुरमा भने, हरियाणा सरकारले आफ्नो प्रत्येक (ओलम्पिक पदक विजेता) खेलाड़ीलाई ५ करोड़ रुपियाँ गरेर दिन्छ (हरियाणा सरकारले स्वर्ण पदक विजेतालाई ६ करोड़, रजत पदक विजेतालाई ४ करोड़ र काँस्य पदक विजेतालाई २.५ करोड़ रुपियाँ गरेर दिन्छ)। महाराष्ट्र सरकारद्वारा घोषित नयाँ नीति अनुसार ओलम्पिक काँस्य पदक विजेतालाई २ करोड़ रुपियाँ प्राप्त हुनेछ। राज्य सरकारले यस्तो मानदण्ड किन बनायो भन्ने मैले बुझेको छुइनँ कारण स्वप्निल ७२ सालमा महाराष्ट्रका दोस्रो व्यक्तिगत ओलम्पिक पदक विजेता (१९५२-मा पहलवान केडी जाधवपछि) हुन्।
भारतले पेरिस ओलम्पिकमा ५ वटा व्यक्तिगत पदक जितेको थियो। त्यसमा ४ वटा हरियाणा र एउटा महाराष्ट्रबाट थियो। महाराष्ट्रको तुलनामा धेरै सानो राज्य भए पनि हरियाणामा शुरुदेखि नै पदक विजेता खेलाड़ीहरूलाई अधिक पुरस्कार राशि प्रदान गरिन्छ। स्वप्निलका पिताले भने, हाम्रो सरकारले चाहिँ स्वर्ण पदक विजेतालाई ५ करोड़, रजत पदक विजेतालाई ३ करोड़ अनि काँस्य पदक विजेतालाई २ करोड़ रुपियाँ दिने घोषणा गरेको छ। महाराष्ट्रका केवल दुईजना खेलाड़ीले यतिका सालहरूमा व्यक्तिगत ओलम्पिक पदक जिते पनि यस्तो मानदण्ड किन बनाइयो भन्ने मेरो प्रश्न रहेको छ। यस्तो परिणाम हुने थाहा भए म उनलाई अन्य कुने खेलमा करियर बनाउन राजी गर्ने थिए। स्वप्निल कुनै विधायक या मन्त्रीको छोरा भए पनि के पुरस्कार राशि त्यति नै रहने थियो ? सुरेश कुसालेले यसको साथमा खेल परिसरमा ५० मीटर राइफल थ्री पोजिशन शूटिंग एरेनाको नाम उनको छोराको नाममा राख्ने पनि दावी गरे। उल्लेखनीय छ, पेरिसमा पदक जितेपछि सेण्ट्रल रेलवेले स्वप्निलको पदोन्नति गरेको थियो।









