नक्सलबारीमा लाखौंको अवैध सुपारी बरामद, दुई पक्राउ

IMG-20240717-WA0001

नक्सलबारी: सुपारी बोकेको लरीलाई पुलिसले नियन्त्रणमा लिएको छ। साथै यस घटनामा दुई जना पक्राउ परेका छन्। अभियुक्तहरुको नाम हरिओम र शमशेर शाह रहेका छन्। उनीहरु दुबै उत्तर प्रदेश लक्ष्मीपुरका बासिन्दा हुन्। आज बिहान नक्सलबारी पुलिस थानामा पुलिसले नक्सलबारीको स्कूलडाँगी नजिकैको एसियन हाइवे २ मा एउटा लरी नियन्त्रणमा लिएको बताइएको छ। बरामद लरीको खोजी गर्दा ठूलो परिमाणमा सुपारी बरामद भएको छ। यी सुपारीको वैध कागजात नभएकाले पुलिसले दुई जनालाई पक्राउ गरेको हो। स्रोतका अनुसार सुपारी म्यानमारबाट दिल्ली ल्याइएको थियो। बरामद सुपारीको बजार मूल्य लाखौं रुपियाँ रहेको छ। आज आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement