अस्थायी कर्मचारीहरूको वेतन वितरणलाई लिएर महत्वपूर्ण बैठक सम्पन्न

IMG-20241007-WA0267

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा आज राजधानी स्थित चिन्तन भवनमा एक समन्वय बैठक आयोजन गरियो।
विभिन्न विभागीय प्रमुखहरूको उपस्थितिमा आयोजित सो बैठकमा अस्थायी कर्मचारीहरूको वेतनलगायत अन्य महत्वपूर्ण मुद्दाहरूमाथि चर्चा गरियो।
बैठकमा प्रभारी मुख्य सचिव आर. तेलाङ, एसडीजीपी अक्षय सचदेव, प्रधान सचिवगण, सीईओ चुनाउ विभाग, सचिवगण, यबै विभागका मुख्य लेखा अधिकारीगण, वरिष्ठ लेखा अधिकारीगण, लेखा अधिकारीहरू र लेखा कर्मचारीहरू उपस्थित थिए। बैठकमा विभागहरूले अस्थायी कर्मचारीहरूको वेतन वितरणलाई लिएर वर्तमान स्थितिबारे मुख्यमन्त्रीलाई अवगत गराए। यस अतिरिक्त, अपर्याप्त निधि, अनुपस्थिति र दस्तावेज विसंग​तिहरूबारे पनि बैठकमा चर्चा गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले उपस्थित सबैलाई विजय दशमीको हार्दिक शुभकामना दिए। बैठकको महत्वमाथि बोल्दै मुख्यमन्त्रीले बैठकको आयोजना नवनियुक्त अस्थायी कर्मचारीहरूको वेतन वितरणलाई लिएर गरिएको अवगत गराए। उनले आगामी दशैंमा कर्मचारीहरूले वेतन नपाएकाले कुनै प्रकारको असुविधा महसुस नहोस् भनी बताए। उनले विभागहरूको रिपोर्ट अनुसार सबै कर्मचारीहरूको अगस्त र सेप्टेम्बर महिनाको वेतन बिलहरू क्लियर भइसकेको छ भनी बताए।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा चुनाउअघि नियुक्त हुने अस्थायी कर्मचारीहरूको उपस्थितिको सत्यापन गरिने बताए। विस्तारपूर्वक सत्यापन गरेपछि मात्र कर्मचारीहरूलाई एरियर प्रदान गरिने उनले थप बताए। उनले वित्त विभाग अन्तर्गत पे एण्ड एकाउण्ट्स डिभिजनलाई दशैंअघि लम्बित वेतन जारी गर्न निर्देश दिए। अनुकम्पा नियुक्तिबारे बोल्दै उम्मेदवारहरूले सम्बन्धित विधायकहरूबाट सिफारिश ल्याउनु पर्ने छैन भनी मुख्यमन्त्रीले स्पष्ट गरे। विभागहरूले उम्मेदवारहरूलाई यस सम्बन्धमा स्पष्टरूपमा जानकारी गराउन प्रयास गर्नुपर्छ भनी उनले सुझाउ पनि दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement