राज्य निर्माणको ५०औं वर्षगाँठलाई लिएर तयारी

IMG-20241007-WA0261

नाम्ची: नाम्ची जिल्लाकी जिल्लापाल अनुपा ताम्लिङको अध्यक्षतामा आज बसेको एक उच्चस्तरीय बैठकले सिक्किमको आगामी पचास वर्षगाँठको तयारीबारे छलफल गऱ्यो। नाम्चीस्थित जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न बैठकले जिल्ला प्रसासनको तयारीलाई लिएर छलफल गर्दै रणनीति तयार पार्ने निर्णय गऱ्यो। बैठकलाई सम्बोधन गर्दै जिल्लापाल ताम्लिङले उक्त महत्वपूर्ण कार्यक्रममा जनसहभागिता महत्त्व र युवा पुस्तालाई व्यावहारिक ऐतिहासिक ज्ञान प्रदान गर्ने आवश्यकतामा जोड दिइन्। उनले राज्यले यो महत्वपूर्ण कार्यक्रमको सफलता सुनिश्चित गर्न प्रभावी रणनीतिहरू जरुरी बन्ने उल्लेख गरिन्। बैठकमा जिल्ला पुलिसका वरिष्ठ निरीक्षक डा. टीएन ग्याछो महकुमा अधिकारी निम पिन्छो भोटिया, शिक्षा विभागका अघिकारीहरु सुरज राई, पीके शर्मा, दीप्ती प्रधान, गैरसरकारी संस्थानहरुका प्रतिनिधिहरु र विभिन्न विभागीय प्रतिनिधिहरूको उपस्थिति थियो। बैठकले नाम्ची जिल्लाको ऐतिहासिक, सम्पदा र साहित्यलाई वर्षगाँठको आकर्षण बनाउने निर्णय पनि लिएको छ। यसअवसरमा जिल्लाको समृद्ध सम्पदा र संस्कृतिको प्रवद्र्धन गर्न विभिन्न प्रतियोगिता, प्रदर्शनी गर्ने विषयमा पनि छलफल भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement