राज्यबाहिर उपचाराधीन रोगीका परिवारसित मुख्यमन्त्रीको भेट

IMG-20241007-WA0260

गान्तोक: मुख्यमन्त्री प्रेमसिँह तामाङले सिक्किमदेखि बाहिरका विभिन्न अस्पतालहरुमा उपचाराधीन रोगीहरुलाई आर्थिक सहयोग गर्ने कार्यलाई निरन्तरता दिँदै आज रोगीहरुसंग भेट गरे। आफ्नो सरकारी आवास मिन्तोगाङमा आएका उपचाराधीन रोगीका परिवारका सदस्यहरुसंग बिरामीहरूको हालखबरबारे जानकारी लिए। यसबीच मुख्यमन्त्री तामाङले सरकारले प्रतिबद्धता गरेअनुरूप, रोगीहरुको शीघ्र उपचारका लागि आर्थिक सहयोग प्रदान गर्दै आएको बताए। मुख्यमन्त्रीले आज साँझ रोगीका परिवारहरुसंग भेट गरेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement