गान्तोक: गत २ अक्टोबरदेखि शुरू भएको बेटी बचाओ बेटी पढाओ अभियान राज्यको विभिन्न स्थानमा अहिलेसम्म निरन्तर सञ्चालन भइरहेको छ। विशेष गरेर अन्तराष्ट्रीय वालिका दिवसलाई ध्यानमा राख्दै आज पाकिम जिल्लाअन्तर्गत नाम्चेबुङ वरिष्ठ माध्यमिक विद्यालयमा एक कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा विशेष गरेर लैङगिक विशेषज्ञ कुसुम शर्माले अन्तराष्ट्रीय वालिका दिवसकोको महत्वबारे विस्तृतरूपमा जानकारी गराइन्। उनले थप जानकारी गराए अनुसार प्रत्येक वर्षको ११ अक्टोबरमा अन्तराष्ट्रीय बालिका दिवस पालन गरिन्छ भने सो अवसरमा बालिकाहरूले भोग्दै आइरहेको वैश्विक समस्या समाधानको निम्ति पहल गरिन्छ। महिलाहरूलाई सशक्तिकरण गर्ने र शिक्षा, स्वास्थ्य सेवा र समान अवसरहरूमा उनीहरूको पहुँच सुनिश्चित गर्ने महत्त्वमाथि प्रकाश पारिन्। उनले अन्याय विरुद्ध आवाज उठाउन किसोरीहरूलाई आग्रह गरिन्। सोही क्रममा वान स्टप वान सेटन्टरका काल्जाङ भोटियाले बेटी बचाओ बेटी पढाओ’ पहल, यसका लक्ष्यहरू र यस योजनाबारे विस्तृतरूपमा अवगत गराए। उनले बालिकाको संरक्षण गर्नुपर्ने विषयमा सबैको ध्यान आकर्षित गराए।









