मुल्तान: पाकिस्तानले ईंग्ल्याण्डविरुद्ध पहिलो क्रिकेट टेस्ट म्याचमा असल शुरुवात गऱ्यो। आयोजक टीमले सोमवार पहिलो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा ४ विकेटमा ३२८ रन बनायो। खेल समाप्त हुँदासम्म साउद शकील ३५ र नसीम शाह शून्य रनमा अविजित थिए। ईंग्ल्याण्डका बलरहरूमा गस एट्किन्सनले सर्वाधिक २ विकेट लिए। मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै पाकिस्तानको शुरुवात असल रहेन अनि ओपनर सईम अयूब केवल ४ रन बनाएर चौथो ओभरमै आउट भए। त्यसपछि कप्तान शान मसूद र ओपनर अब्दुल्ला शफीकले मिलेर टीमलाई सम्हाले। यी दुईजनाले दोस्रो विकेटको निम्ति २५३ रनको पार्टनरशीप गरे। यस अवधि मसूदले टेस्ट क्रिकेटमा आफ्नो पाँचौं अनि कप्तानको रूपमा पहिलो शतक बनाए। यसरी नै शफीकले पनि आफ्नो पाँचौं टेस्ट शतक बनाए। तेस्रो सत्रको खेलमा एट्किन्सनले शफीकलाई आउट गरी यस पार्टनरशीपलाई तोड़े। शफीकले १० वटा चौका र २ वटा छक्काको साथ १८४ बल खेलेर १०२ रन बनाए। यसरी मसूदले १७७ बल खेलेर १३ वटा चौका र २ वटा छक्काको साथ १५१ रन बनाए। यी दुईजना लगातार आउट भएपछि बाबर आजम र शकीलले मिलेर चौथो विकेटको निम्ति ६१ रन जोड़े। पहिलो दिनको खेल समाप्त हुन केही समय अघि बाबरलाई क्रिस वोक्सले आउट गरे। पूर्व कप्तान बाबरले ३० रन बनाए।









