प्रशिक्षक श्रीजेशको मार्गदर्शनमा जूनियर हकी टीमको घोषणा

IMG-20241007-WA0255

बेंगलुरु: पूर्व भारतीय गोलकीपर पीआर श्रीजेश मुख्य प्रशिक्षकको रूपमा पदार्पण गर्न तयार छन्। आउँदो १९ अक्टोबरदेखि मलेशियामा शुरु हुने सुल्तान जोहोर कपमा उनले मुख्य प्रशिक्षकको रूपमा पदार्पण गर्नेछन्। राष्ट्रिय टीमसँग यो उनको पहिलो यात्रा हुनेछ। आमिर अलीलाई १८ सदस्यीय भारतीय जूनियर हकी टीमको कप्तान बनाइएको छ जबकि रोहित उपकप्तान हुनेछन्। भारतले आफ्नो अभियानको शुरुवात १९ अक्टोबरमा जापानविरुद्ध म्याचको साथ गर्नेछ। त्यसपछि ब्रिटेन (२० अक्टोबर), आयोजक मलेशिया (२२ अक्टोबर), अष्ट्रेलिया (२३ अक्टोबर) र न्यूजील्याण्ड (२५ अक्टोबर) – विरुद्ध म्याच रहेको छ। शीर्ष दुईवटा टीमबीच २६ अक्टोबरमा फाइनल खेलिनेछ। हालै चीनलाई पराजित गरी हालै एशियन च्याम्पियन्स ट्रफीको खिताब जित्ने सीनियर टीमका सदस्य डिफेण्डर आमिर अली र फरवर्ड गुरंजोत सिंह पनि मलेशिया जाने टीममा रहेका छन्। कप्तान अलीले हकी इण्डियाको एउटा विज्ञप्तिमा भनेका छन्, सुल्तान जोहोर कप सदा झैँ हाम्रो क्यालेण्डरमा एउटा महत्त्वपूर्ण टुर्नामेण्ट हो। यो टुर्नामेण्ट यस साल नोभेम्बरमा मस्कटमा हुने पुरुष जूनियर एशिया कप अघि टीमको निम्ति परीक्षा हुनेछ। सबै खेलाड़ी मलेशियामा असल प्रदर्शन गर्न उत्साहित छन्। यसरी श्रीजेशले भने, एकजना खेलाड़ीको रूपमा देशको सेवा गरेपछि अब प्रशिक्षकको रूपमा युवा खेलाड़ीहरूलाई मार्गदर्शन गर्न तयार छु। हामी तयारीको साथ मलेशिया गइरहेका छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement