सांसद राजु विष्टद्वारा आगलागीबाट क्षति भएका पसलहरू क्षतिपूर्ति दिने घोषणा

IMG-20241007-WA0231

सिलगढी: दार्जीलिङका सांसद राजु विष्टले आगलागीमा परेका पसलहरूलाई क्षतिपूर्ति दिने आश्वासन दिएका छन्। मुख्यमन्त्रीपछि अब सांसदले विधान बजार आगलागीमा परेका व्यापारीलाई क्षतिपूर्ति दिने आश्वासन दिएका छन्। २८ सेप्टेम्बरमा विधान मार्केटमा धेरै पसलहरू जलेर खरानी भएका थिए, जसमा ९ वटा पसलहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका थिएl घटनाको लगत्तै राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले पीडितहरूलाई १ लाख ५० हजार क्षतिपूर्ति दिने घोषणा गरिन्। अर्कोतर्फ, भाजपाका सांसद राजु विष्टले सोमबार फेरि विधान मार्केट भ्रमण गरेर सबैभन्दा प्रभावित ९ वटा पसलहरूलाई ५० हजार रुपियाँ क्षतिपूर्ति दिने वाचा गरे। उनले उक्त क्षेत्रमा १० लाखको लागतमा खानेपानीको ट्यांकी निर्माण गर्ने घोषणा पनि गरे। राजु विष्टले आगलागीका कारण विधान मार्केटका व्यापारीहरुको करोडौंको धनमालमा क्षति पुगेको बताए। उनले मुख्यमन्त्रीलाई ५० प्रतिशत क्षतिपूर्ति राज्य सरकारले दिनुपर्ने माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement