ट्रकबाट १५ वटा गाई बरामद

IMG-20241007-WA0229

सिलगढी: गोप्य स्रोतहरूबाट प्राप्त जानकारीको आधारमा विधाननगर पुलिस स्टेशनले सिलगढी डिभिजनको फाँसीदेवा ब्लकको मुरलीगञ्ज चेक पोस्ट क्षेत्रमा छापा मारेको छ। पुलिसको गाडी देखेर ट्रकका चालक भागे। पुलिसले गाडी नियन्त्रणमा लिएर खोजी गरिरहेको छ। खोजीका क्रममा पुलिसले उद्धार गरिएका गाई भरेको ट्रक पुलिस चौकीमा ल्याएको थियो। विधाननगर पुलिस स्रोतका अनुसार ट्रकबाट जम्मा १५ गाई बरामद भएको छ। उद्धार गरिएका गाईहरू बिहारबाट असम र बंगलादेशमा तस्करी भइरहेको थियो। तर, यस घटनामा कसैलाई पनि पक्राउ गर्नसकेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement