कोलकाता: वीरभूम जिल्लामा सोमबार एक कोइला खानीमा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्। पुलिसका अनुसार बिहान १०:३० बजे भादुलिया ब्लकस्थित कोइला खानीमा उक्त घटना भएको हो। हालसम्म चार जनाको शव फेला परेको र उद्धार कार्य जारी रहेको एक प्रहरी अधिकारीले जानकारी दिए उही समयमा पश्चिम बंगाल पावर डेभलपमेन्ट कर्पोरेशन लिमिटेड (डब्ल्युबीपीडीसीएल) ले यस घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको बताएको छ। स्रोतका अनुसार गंगारामचक र गंगारामचक–भदुलिया कोइला खानीमा विस्फोटक पदार्थ ल्याउनका लागि डेटोनेटर लैजाँदै गर्दा विष्फोट भएको बताइएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।








